महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM Merolagani



पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।

लघुवित्तले गत पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गरेको थियो।

सो शेयर खरिदका लागि कुल १६ लाख ९२ हजार १०६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए। सोमध्ये १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत एफपीओ बाँडफाँट गरिएको छ। जसअनुसार भाग्यमानी ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। त्यस्तै, ९ जनाले थप १ कित्ता शेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।