Mon, Aug 24, 2026
कात्तिक ३० गते, शुक्रबार, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।
लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १३ लाख ४८ हजार ९१२ आवेदकमार्फत १ करोड ९६ लाख ९६ हजार १८० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १ हजार ३९९ आवेदन रद्द भएका छन् भने १३ लाख ४७ हजार ५१३ आवेदन स्वीकृत भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको शेयर बाँडफाँट गरिएको थियो। जसअनुसार ३५ हजार ९० आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ४.२५ कित्ता शेयर १ कित्ताका दरले ४ जनालाई र ०.२५ कित्ता एक जनालाई बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।
लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १३ लाख ४८ हजार ९१२ आवेदकमार्फत १ करोड ९६ लाख ९६ हजार १८० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १ हजार ३९९ आवेदन रद्द भएका छन् भने १३ लाख ४७ हजार ५१३ आवेदन स्वीकृत भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको शेयर बाँडफाँट गरिएको थियो। जसअनुसार ३५ हजार ९० आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ४.२५ कित्ता शेयर १ कित्ताका दरले ४ जनालाई र ०.२५ कित्ता एक जनालाई बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।