Sun, Jul 20, 2025
पोखरा फाइनान्स (PFL) र समृद्धि फाइनान्स एस आपसमा मर्ज हुने भएका छन्। यी दुई फाइनान्स कम्पनीहरुले आज बिहान साढे ८ बजे, पोखराको होटल ल्याण्डमार्क लेकसाइडमा मर्जरसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
मर्जरपश्चात यी दुई फाइनान्सले पोखरा फाइनान्सको नाममा एकीकृत कारोबार गर्ने भएका छन्। यी दुई फाइनान्स कम्पनीहरु १ बराबर १ को शेयर स्वाप रेशियोमा मर्ज हुन लागेका हुन्। मर्जरपश्चात कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँमा रहने बताइएको छ।
नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।