नेप्सेसँगै घट्यो कारोबार रकम

Jul 30, 2025 03:22 PM Merolagani



बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। मंगलबार बढेर ३००० विन्दुमाथि बन्द भएको नेप्से, यस दिन पुनः ३००० विन्दुभन्दा तल झरेको छ।

यस दिन नेप्से परिसूचक ४७.९३ अंक घटेर २९५४.१४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १०.७५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७४ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे १८ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टकको १ लाख ४१ हजार ५२० पटकको कारोबारमा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँबराबरको ३ करोड ६४ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सान्भि इनर्जी र ट्रेड टावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सान्भि इनर्जीको शेयर निरन्तर नवौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने ट्रेड टावरको शेयर निरन्तर दशौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.०४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३२ करोड १२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ७३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्को कारोबार रकम ५७ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसुचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।




हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।