नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । आज अर्थात बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार २७० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।