सेबोनले कम नेटवर्थ भनेर रोक्यो, ऊर्जा व्यवसायीले ९० माथिकै नेटवर्थ राखेर बुझाए निवेदन

Jul 31, 2025 02:23 PM merolagani



हरिप्रसाद शर्मा
९० भन्दा कम नेटवर्थ भनेर नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनबाट निकालिएका जलविद्युत् कम्पनीहरुले पुनः स्वीकृतिका लागि निवेदन दिएका छन् ।

सेबोनले ९० भन्दा कम नेटवर्थ भएको भन्दै ६ वटा जलविद्युत् कम्पनीहरुले दिएको निवेदन  पाइपलाइनबाट हटाएको थियो । त्यसपछि निजी क्षेत्रका ऊर्जा प्रवर्द्धकहरुले त्यसको विरोध गरेका थिए ।

सेबोनले ती जलविद्यु्त् कम्पनीहरुलाई अझै पनि शेयर निष्कासन अनुमति दिएको छैन् । त्यसरी पाइपलाइनबाट निकालिएका एक महिना नबित्दै विभिन्न ६ वटा जलविद्युत् कम्पनीहरुले निवेदन दिएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले जनाएको छ ।

इप्पानका वरिष्ठ महासचिव मोहन डाँगीका अनुसार, सेबोनले बिना कानुनी आधार नै ६ वटा निजी क्षेत्रका जलविद्युत कम्पनीको शेयर निष्कासन रोकेको बताए । शेयर निष्कासन रोकेपछि सेबोनमा पुनः निवेदन दिएको उनले बताए । ‘९० भन्दा कम नेटवर्थ भनेर जसरी शेयर निष्कासन रोक्ने काम भयो । त्यसपछि हामीले पुनः ९० माथिकै नेटवर्थ राखेर निवेदन दिएका छौं,’ डाँगीले मेरो लगानीसँग बताए ।

उनका अनुसार, ९० भन्दा कम र बढीका भन्ने नाममा भर्खर बामे सर्दै गरेको जलविद्युत् क्षेत्रलाई निमोठ्न खोजिएको छ । नेटवर्थ राख्नुपर्ने कुनै कानुनी आधार समेत नरहेको उनको बुझाइ छ । नेटवर्थ ९० पनि नपुगेको भन्दै सेबोनले चिठी काटेपछि ९० भन्दा माथिकै नेटवर्थ राखेर निबेदन दिइएको उनको भनाइ छ ।

‘नेटवर्थ ९० पनि पुगेन भनेर सेबोनले हामीलाई चिठी काटेपछि हामीले पनि ९० माथिकै नेटवर्थ राखेर निवेदन दिएका छौं, उनले भने, अब सेबोनले के गर्छ ? त्यसकै प्रतिक्षामा छौं,’ उनले बताए ।

यसअघि सेबोनले ९० नेटवर्थ नपुगेको भन्दै १४ वटा कम्पनीको शेयर निष्कासन अनुमति रोकेको थियो । अर्थात, शेयर निष्कासनका लागि निवेदन दिइ पाइपलाइनमा रहेका ती कम्पनी सूचीबाट हटाइएको थियो । त्यसमध्ये ६ वटा कम्पनीहरु जलविद्युत क्षेत्रका थिए ।

यी हुन् ९० भन्दा कम नेटवर्थ भइ सेबोनले रोकेका र पुनः निवेदन दिएका जलविद्युत् आयोजनाहरुः

–सानिमा हाइड्रोपावर कम्पनी लिमिटेड

–रिसेट हाइड्रोपावर लिमिटेड

–बेनी हाइड्रोपावर कम्पनी लिमिटेड

–लाफिङ बुद्ध हाइड्रोपावर लिमिटेड

–पुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड

–युनिक हाइड्रोपावर कम्पनी लिमिटेड

 




हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।