गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा पनि घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २२.५४ प्रतिशत र अन्य सञ्चालन आम्दानी ६९.६९ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी २४.५१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४०.३९ प्रतिशत घटेको छ। असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ८ करोड ५४ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपेयाँ ९८ पैसा रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ३ पैसा घटेर ९ रुपैयाँ ९८ पैसामा सीमित भएको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ७०.२६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ९५ पैसा रहेको छ।
१ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २६ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ६ अर्ब ८० करोड ९० लाख रुपैयाँ सापटीबाट ६ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
