खर्च नियन्त्रण गर्दा शिवम् सिमेन्ट्सको नाफा उल्लेख्य बढ्यो

Aug 13, 2025 09:20 AM Merolagani



शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०५.८५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

कम्पनीको बिक्री आम्दानी सामान्य बढेपनि खर्च नियन्त्रण गर्दा खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ०.७८ प्रतिशतमात्र बढेको छ। यद्यपि, बिक्री खर्च घटेका कारण कम्पनीको कुल नाफा ६६.३० प्रतिशत बढेको छ। कम्पनीको अन्य आम्दानी समीक्षा अवधिमा ३०.७८ प्रतिशत घटेको छ भने कुल खर्च १.६६ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९ रुपैयाँ ३९ पैसा बढेर १४ रुपैयाँ ५५ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा रहेको छ।

५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ८३ करोड रुपैयाँ सञ्चित छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।