भारतीय इतिहासकै चौथो ठूलो आईपीओ जारी गर्दै टाटा क्यापिटल

Sep 05, 2025 02:33 PM mero lagani



भारतीय औद्योगिक घराना टाटा समूहको लगानी रहेको टाटा क्यापिटलले सन् २०२५ भित्रै १ खर्ब ७२ अर्ब (१७ हजार २०० करोड) भारतीय रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । 

यो सन् २०२५ मा भारतकै सबैभन्दा ठूलो आईपीओ निष्कासन हुनेछ भने भारतीय इतिहासकै चौथो ठूलो आईपीओ निष्कासन हुनेछ ।

टाटा क्यापिटल टाटा सन्सको सहायक कम्पनी हो, जसमा टाटा सन्सको कुल होल्डिङको ९३५ हिस्सा छ । कम्पनीले सन् २०२५ को पहिलो ३ महिना अर्थात मार्चसम्म खुद नाफा ३१५ ले बढेर १,००० करोड पुगेको छ ।

स्मरण रहोस् हुन्डाई मोटर इन्डिया लिमिटेडले २०२४ अक्टोबर २२ मा २७,८५८।७५ करोडको, लाइफ इन्स्याेरेन्स कर्पाेरेशन अफ इण्डियाले २०२२ मे १७ मा २०,५५७.२३ करोड बराबरको र वन नाइन्टी सेभेन कम्युनिकेशनले २०२१ नोभेम्बर १८ तारिखमा १८,३०० करोड बराबरको प्राथमिक शेयर निष्कासन गरेका थिए ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।