नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सुनको सो मूल्य हालसम्मकै उच्च हो ।
त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाउदै बढेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । आईतबारको बजारमा चाँदी दुई हजार ५७० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । गत शुक्रबारको बजारमा चाँदी २ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।