सागर डिष्टिलरीको आईपीओमा कति पर्यो आवेदन ?

Sep 15, 2025 05:33 PM Merolagani



आजदेखि निष्काशनमा आएको सागर डिष्टिलरी लिमिटेडले आईपीओमा ४ लाख १६ हजार ६४६ जना आवेदकले ४८ करोड ३८ लाख २२ हजार रुपैयाँ बराबरको ४८ लाख ३८ हजार ३३० कित्ता शेयरको लागि आवेदन परेको छ ।

सोमबार साँझ ५ बजेसम्मको हो । कम्पनीले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गर्न गरेको हो । कम्पनीको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।