Thu, Sep 18, 2025
भदौ ३१ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि सहित रेकर्ड ब्रेक भएको छ । यस दिन सुनको मूल्य प्रतीतोला एक हजार ९०० रुपैयाँले बढेर नयाँ उचाई बनाएको हो भने चाँदीको मूल्यमा निरन्तरको रेकर्ड ब्रेक हुँदै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । गत आईतबार कायम दुई लाख १५ हजार ८०० रुपैयाँको रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो । त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाउदै बढेको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । मंगलबारको बजारमा चाँदी दुई हजार ५९५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । सोमबारको बजारमा चाँदी २ हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । गत आईतबार कायम दुई लाख १५ हजार ८०० रुपैयाँको रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।
त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाउदै बढेको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । मंगलबारको बजारमा चाँदी दुई हजार ५९५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । सोमबारको बजारमा चाँदी २ हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो ।
नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।