नयाँ अध्यक्ष नियुक्तिका लागि आह्वान गरिसकेको अवस्थामा शरद ओझा पुन: बीमा प्राधिकरणकाे कुर्सीमा

Sep 16, 2025 09:07 PM merolagani



सरकारले बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तिका लागि आह्वान गरिसकेको अवस्थामा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले मंगलबार पुनः अध्यक्षको जिम्मेवारी लिएका छन् ।

 

ओझालाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि उनी पुनः काममा फर्केका हुन् ।

२२ भदौको रिट निवेदन दर्ता गरेका ओझालाई २३ भदौको सुनुवाइ मार्फत न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । साथै, उक्त आदेश अनुसार दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको छ ।

२ भदौको मन्त्रिपरिषद् बैठकले ओझालाई खराब आचरण र कार्यक्षमता नभएको भन्दै ब‍र्खास्त गर्ने निर्णय गरेको थियो ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।