विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत रहेको छ। टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनु पर्ने जनाइएको छ।
२०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ। ६ गते घटस्थापना हो। बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ। असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ। असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ।