राप्रपाकाे काेटाबाट बागमती प्रदेशसभाका सभामुख बनेका पाठकले राजीनामा दिए

Sep 17, 2025 12:27 PM merolagani



बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा गरेका छन् । उनी राप्रपाका नेता हुन् ।

जेनजीहरूको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट उनले राजीनामा घोषणा गरेका थिए । साेही राजीनामाकाे पत्र पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई  बुझाएका हुन ।

 उनले  युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको बताएका छन् ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।