सत्ता परिवर्तन भएपछि पहिलाे पटक खुल्दै शेयर बजार, आज के हाेला ?

Sep 18, 2025 06:23 AM Merolagani



सत्ता परिवर्तन भएपछि आज पहिलाे पटक शेयर बजार खुल्दै छ । जेनजी आन्दोलनका कारण २४ गतेदेखि बन्द भएकाे शेयर बजार आज खुल्न लागेकाे हाे ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार दिएको निर्देशन बमोजिम नेप्सेले कारोबार खुलाउन लागेकाे हाे । भदौ २३ गतेको जेनजी आन्दोलन चर्किएसँगै भदौ २४ देखि शेयर कारोबार बन्द थियो ।

भदौ २४ गते कर्फ्यू बीच पनि ठूलो आन्दोलन भएपछि असोज २ गतेसम्म शेयर बजार बन्द गर्ने निर्णय भएको थियो । तर गत आइतबारदेखि जनजीवन सामान्य अवस्थामा फर्किएसँगै शेयर कारोबार खुलाउन दबाब परेको थियो ।

नेप्सेले असोज १ गतेबाट कारोबार खुलाउने गृहकार्य गरेको भए पनि जेनजी आन्दोलनका शहीदहरुको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेपछि सेबोनले असोज २ गतेबाट कारोबार खोल्न नेप्सेलाई निर्देशन दिएको थियाे ।

कतिपयले सत्ता परिवर्तन भएपछि शेयर बजार घट्ने अनुमान गरेका छन् भने कतिपयले खासै बजार नघट्ने प्रक्षेपण गरिरहेका छन् । आन्दाेलनका क्रममा सरकारी र निजी क्षेत्रका भाैतिका संरचना ध्वस्त भएकाले शेयर बजार घट्ने र कतिपयले सुशासन कायम हुने भएकाले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने अनुमान गरेका छन् । यस्ताे दुविधाका बीच आज शेयर बजार भने खुल्दैछ ।

राजनीतिक परिवर्तनपछि खुलेको बजारको सुरुवातमा प्रभावित भएपनि विस्तारै सम्हालिनले लगानीकर्ताहरुको भनाइ छ । विगतको भुकम्प, नाकाबन्दी र कोरोना भनेको हाम्रो नियन्त्रण भन्दा बाहिरको थियो । तर यो राजनीतिक कारण उत्पन्न परिस्थिती भएको शेयर लगानीकर्ता तथा विश्लेषक सुवासचन्द्र ढ्ङ्गनाले बताए । बजार धेरै घट्नु पर्ने कारण छैन । सुरुवातमा उतारचढाव भएपनि विस्तारै उठ्ने ढ्ङ्गनाको बुझाई छ ।

त्यसैगरी, पुरानो व्यवस्था हटेर नयाँ शक्ति जुरमुराएको छ । देशमा भएको विसंगत प्रति अवाज उठ्न थालेको छ । यसरी युवाहरुको शक्तिबाट बनेको सरकार नगारिक प्रति जिम्मेवार छ । त्यसैले सबै अनुकुल भएको अवस्थामा शेयर बजारपनि सकारात्मक हुने विश्वास लगानीकर्ता तथा विश्लेषक रोहन कार्कीले बताए ।  




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।