चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री शुशीला कार्कीलाई भेटेर दिए बधाइ

Sep 18, 2025 04:31 PM merolagani



नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावास स्रोतकाअनुसार, प्रधानमन्त्री कार्कीलाई राजदूत सोङले भेटेर बधाइ दिएका हुन् ।

भेटमा प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना तथा बधाई दिँदै राजदूत सोङले नेपालसँग समन्वय र सहकार्य गर्न चाहेको बताएका छन् ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।