आज संविधान दिवसः सरकारले सामान्य तरिकाले मनाउने, पार्टीहरुले फेरि उठ्ने प्रणसहित मनाउने

Sep 19, 2025 06:27 AM mero lagani



आज दशौं संविधान दिवस ।  विगतका वर्षहरुमा भव्यताका साथ मनाउने गरिएको संविधान दिवसको स्वरुप यस वर्ष बदलिएको छ ।

सरकारले औपचारिकताको लागि सामान्यरुपमा मनाउंदैछ भने जेन जी आन्दोलनपछि थला परेका राजनीतिक पार्टीहरुले भने संविधान दिवसलाई फेरि उठ्ने प्रणसहित मनाउंदैछन् ।

 

सरकारले जेनजी आन्दोलनका क्रममा धेरै युवाहरूले बलिदानी दिएको र धेरै घाइते भएको अवस्थामा उत्सव मनाउन नसकिने भन्दै सरकारले सामान्य रूपमा संविधान दिवस मनाउने तयारी गरेको छ । यस अघि तत्कालिन केपी ओली सरकारले साताव्यापी कार्यक्रमसहित भव्यताका साथ संविधान दिवस मनाउने निर्णय गरेको थियो । तर, केही दिन अघिको जेनजी आन्दोलनले सरकार फेरिएपछि संविधान दिवस पनि पहिलेको भन्दा ओझेलमा परेको छ ।

 

सरकारले सुरक्षाको अवस्था र शोकको परिवेशलाई ध्यानमा राख्दै सबै जिल्लामा सांकेतिक कार्यक्रम मात्र गर्ने भएको छ । नेपाली सेनाले पनि सामान्य रुपमा संविधान दिवस मनाउने तयारी गरेको छ।

राजनीतिक पार्टीहरुको पहिलो औपचारिक कार्यक्रम

जेनजी आन्दोलनको मुख्य निशानामा परेका कांग्रेस, एमाले, माओवादीलगायतका प्रमुख दलहरुले संविधान दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्दैछन् । उक्त घटनापछि पहिलो औपचारिक गर्न लागेका उनीहरुले संविधान दिवसलाई पार्टीलाई शसक्त बनाउने प्रण गर्ने दिनको रुपमा मनाउने तयारी गरेका छन् ।

उता, विगतका वर्षहरुमा जस्तै संघीय लोकतान्त्रिक मोर्चाले असोज ३ लाई कालो दिनका रुपमा मनाउने भएको छ ।  मोर्चाले सोही सामूहिक रुपमै कालोपट्टी बाँधी संविधानको विरोध गरी प्रदर्शन गर्नेसमेत निर्णय गरेकाे छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।