सातामा करिब ४ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Nov 01, 2025 06:21 AM Merolagani



तिहारपछिको पहिलो साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेर बन्द भएको छ। तिहार अघि २५०३.८५ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.८६ प्रतिशत अर्थात ९६.५३ अंक बढेर २६००.३८ विन्दुमा पुगेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ करोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १५.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.६६ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। तिहार अघिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ५ करोडको शेयर किनबेच भएको छ। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १११.१० प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ५५.३७ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ४ प्रतिशत बढेको छ। तिहार अघिको अन्तिम कारोबार दिन ४१ खर्ब ८५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ६१ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ६.३४ प्रतिशत बढेको छ। गत साता ३१६९.७८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २०१.०३ अंक बढेर ३३७०.८१ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६६८.२३ अंक बढेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ।

यस साता दुई कम्पनीको ५६ लाख २५ हजार ६६४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता राधी विद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक २०.०३ प्रतिशत बढेको छ। तिहार अघि ६३९ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर यस साता ७६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता खानी खोला जलविद्युत कम्पनीको शेयरमूल्य १९ प्रतिशतभन्दा बढी बढेको छ भने बुटवल पावर कम्पनीको शेयरमूल्य साढे १७ प्रतिशत बढेको छ। यस साता तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक ९.५५ प्रतिशत घटेको छ। त्यस्तै, भगवती हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी घटेको छ भने अन्य स्टकहरुको मूल्य गिरावटदर ६ प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नेपाल दूरसञ्चार कम्पनी, शुभम पावर कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने मानुषी लघुवित्त वित्तीय संस्था, सुपर माइ हाइड्रोपावर, समृद्धि फाइनान्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।