नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदी तोलामा २० रुपैयाँ बढेको छ । आज बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला २ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।
