कम्पनीको शेयर हिजो अर्थात आइतबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको २९ लाख ५ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५३ लाख ९५ हजार कित्ता शेयर गरी कुल ८३ लाख कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८८ पैसादेखि ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियाे। सोही रेञ्जका आधारमा आजको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित दोस्रो बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई बीयूएनजीएएल स्टक टिकर प्रदान गरेको छ।