स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो झापा इनर्जीको पहिलो कारोबार?

Nov 16, 2025 10:47 AM Merolagani



कात्तिक ३० गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा झापा इनर्जी (JHAPA) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २९३ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत शुक्रबार अर्थात कात्तिक २८ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २८ लाख ५१ हजार ४२५ कित्ता शेयर गरी कुल ३८ लाख १ हजार ९०० कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ १२ पैसादेखि ३०० रुपैयाँ ३६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीका पहिलो कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। नेप्सेले कम्पनीलाई (JHAPA) स्टक टिकर प्रदान गरेको छ।




एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Nov 12, 2025 10:19 AM

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।