सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nov 07, 2025 11:27 AM Merolagani



कात्तिक २१ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर दोस्रो दिन बढेकाे हो ।

त्यस्तै, यस दिन चाँदी तोलामा १० रुपैयाँ बढेको छ । आज शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।