गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा १ हजार ५३८.१६ प्रतिशत बढेको हो।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९.०३ प्रतिशत बढेको छ भने कुल नाफा २१५.०७ प्रतिशत बढेको छ। कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधिमा १.९७ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ ३५ पैसा बढेर १५ रुपैयाँ ३७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ३६.४२ गुणा रहेको छ।
५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ३ करोड रुपैयाँ सञ्चित छ।
