गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा पुगेको छ।
बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९५.३० प्रतिशत र कुल नाफा ७८८.९१ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ५८.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २ करोड ८२ लाख रुपैयाँ ऋणात्मकबाट १ करोड ३४ लाख रुपैयाँ धनात्मक भएको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६८ पैसा कायम भएको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ९१ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ७१.३० गुणा रहेको छ।
३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ।
