सागर डिष्टिलरीको बिक्री आम्दानी उल्लेख्य बढ्यो

Nov 16, 2025 09:44 AM Merolagani



सागर डिष्टिलरी लिमिटेड (SAGAR) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड ७६ लाख रुपैयाँ खुद बिक्री आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १३५.१७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १ करोड १७ लाख रुपैयाँ थियो।

आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घटेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा १ करोड ७५ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ५३ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १९८.८८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५.१० प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४७ पैसा रहेको छ।

आईपीओ निष्काशन गरी चुक्ता पूँजी ७२ करोड ६० लाख रुपैयाँ पुर्याएको यस कम्पनीको अन्य इक्विटी २१ करोड ८६ लाख रुपैयाँ रहेको छ।




एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Nov 12, 2025 10:19 AM

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।