श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको खुद नाफा उल्लेख्य बढ्यो

Nov 16, 2025 01:39 PM Merolagani



श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ९२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६२.५७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३५ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ५९.८६ प्रतिशत र कुल नाफा ५९.३२ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १२.७० प्रतिशत बढेको छ भने वित्तीय खर्च १२.७७ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ४३ पैसा बढेर २ रुपैयाँ ८४ पैसा पुगेको छ। १ अर्ब ३० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १६ करोड ७७ लाख रुपैयाँ सञ्चित छ।




एनआरएन इन्फ्रास्ट्रक्चरले ४२ प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Nov 12, 2025 10:19 AM

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।