६ खेलमा ८ अंक बटुलेर दोस्रो स्थानमा रहेको काठमाण्डु गोर्खाजले आफ्नो लिग चरणका अन्तिम खेल आज खेल्दैछ। ४ अंकसहित अंक तालिकाको छैठौँ स्थानमा रहेको पोखरा एभेन्जर्सले हालसम्म ५ खेल खेलेको छ। यी दुबै टोलीबीच टियू अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः४५ बजे खेल सुरु हुनेछ। दुई खेल खेल्न बाँकी पोखरालाई आज जित्नै पर्ने दबाब छ।
हालसम्म अपराजित यात्रा गरिरहेको सुदूरपश्चिम रोयाल्सको सामना आज चितवन राइनोजले साँझ ४ बजे गर्नेछ। ५ खेलमा पाँचैवटामा जित हासिल गर्दै १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम आज आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन खेल्दैछ। ५ खेल खेलेको चितवन राइनोज भने प्लेअफमा पुग्न संघर्षरत छ। आजको खेलमा चितवनलाई पनि जित्नै पर्ने दबाब छ।