होसियार बनौं, शेयर बजारमा यस्तो पनि हुनसक्छ

Feb 21, 2015 Merolagani



 


पूँजी बजार विश्व अर्थतन्त्रको मुख्य कडी हो । यसलाई अर्थतन्त्रको ऐना पनि भनिन्छ । पूँजी बजार बिकासको कारणले आज कयोै देशहरुको अर्थतन्त्र सबल हुनुका साथै लाखौं लगानीकर्ताहरुको आर्थिक प्रगति संभव भएको छ । तर यहाँ सबै कुरा राम्रा मात्रै हुन्छन् भन्न सकिन्न ।

सन् १९९० को दशकमा भारतीय शेयर बजारमा भएको एउटा ठूलो घोटाला काण्डले लगानीकर्ताहरुलाई सुरक्षित कारोबार गर्न झक्झकाईरहन्छ ।

भारतमा सन् १९९० ताका हर्षद मेहता नामका एक नामुद शेयर दलाल थिए । बाणिज्य शास्त्रमा स्नातक गरेका मेहताले सन् १९८० देखि शेयर बजारसम्बन्धी कम्पनीमा काम सुरु गरेका थिए । उनी सन् १९९० मा प्रतिष्ठित शेयर कारोबारीमा स्थापित भएपछि आफ्नै कम्पनी खडा गरे र बम्बई स्टक एक्सचेन्जले शेयर दलालको लाईसेन्स दिएपछि एसोसियट सिमेन्ट कम्पनी (एसीसी) को शेयर किनबेच तीब्र पारे ।

 

कहाँबाट आउँथ्यो पैसा ?

 

शेयर खरिद गर्न मेहताले बैंकहरुबाट नक्कली भुक्तानी रसिदहरु बनाउन लगाई त्यतिखेरका साना बैंकहरु बैंक अफ काराड ( बीओके ) र मेट्रोपोलिटन कोअपरेटिभ बैंक(एमसीबी) लाई प्रयोग गरेका थिए । सर्वसाधारणलाई दश हजार रुपैयाँ ऋण दिन दशौ पटक दुख दिने र अनेक खालका धितो र कागजातहरु माग्ने बैंकहरुले मेहतालाई करोडौं सहजै पत्याउँथे । बैंकहरुले जारी गरेको नक्कली रसिदहरु जसलाई आज नेपालका बैंकहरुले जारी गर्ने गुड फर पेमेन्ट चेक सरह मान्निथ्यो, त्यो लिएर उनीहरु ठूला बैंकमा जान्थे र सहजै त्यस वापतको ऋणको भुक्तानी लिन्थे । किनभने यस्ता रसिदहरु वापत बैंकले धितो प्रत्याभुति गरिएको हुने विस्वास गरिन्थ्यो तर वास्तवमा त्यो थिएन । यसरी मेहताले चार अर्ब रकम नक्कली रसिदबाट लिएर शेयर किनबेच गरेका थिए । जुन बेला शेयरको भाऊ चढ्दै जान्थ्यो, त्यो बेला शेयर बेचेर उनी ऋण पनि चुक्ता गर्दै जान्थे । सुरुमा उनले आफ्ना सबै गतिविधि कानुनी रुपमा गरेको भान पनि पारे र बैंकहरुको विस्वास जितेर चालिस अर्ब भारतीय रुपैयाँ ऋण निकालेका थिए ।


उनले शेयर बजारबाट सस्तोमा शेयर उठाउँथे र मूल्यले आकाश छुने गरी बढाउँथे । यसै क्रममा उनले एसोसियट सिमेन्ट कम्पनी (एसीसी) को प्रति शेयर २०० रपैयाँ किन्न सुरु गरी ९००० रुपैयाँ सम्म पुर्याएर ४४०० प्रतिशतसम्मले मूल्य बढाए । शेयर मूल्य ५० पैसामा ओलिएको अर्को कम्पनीको शेयरलाई उनले किन्दै लगेर २० रुपैयाँसम्म पुर्याए । उनी यस्ता शेयरहरु अझै मूल्य बढ्नुपर्ने खालको भएको र वास्तविक मूल्य भन्दा तल रहेको बताउने गर्थे ।

समस्या कहाँबाट सुरु भयो ?


यस्तै प्रकारले मेहताको चलाखीपूर्ण ब्यवहारले भारतीय शेयर बजारमा उछाल आईरहेको थियो । मेहताको चलाखीबारेमा कसैलाई जानकारी थिएन । कतिपय सरकारी अधिकारीहरु शेयर बजारमा उछाल आउनुको कारण उदारीकरण हो भनेर गफ लगाईरहेका थिए । नियमनकारी निकाय भारतीय सेक्युरिटीज बोर्ड (सेवी) कानमा तेल हालेर बसेको थियो । सोही बर्षको अप्रिल २३ मा टाईम्स अप ईण्डियामा शेयर दलाल मेहताको बारेमा सुचेता दलाल नामका पत्रकारले खोजमुलक लेख प्रकाशित गरिन् । त्यसपछि मेहताको गलत कामको पोल खुल्यो ।

जब मेहताले शेयरको मूल्य चढाउँदै लगेर बेच्ने तरखर गर्दै थिए, बजार त्यही बेला ध्वस्त (क्र्यास) भयो । नक्कली रसिदको आधारमा मेहताले शेयर कारोबारको रकम भुक्तानी गरेको पोल खुलेपछि बैंकहरुले त्यस्तो रसिदको कारोबार गर्न र भुक्तानी गर्न छाडी डुबेको रकम उठाउँन ताकेता गर्न थाले । शेयरबजारमा ठूलो हलचल पैदा भयो । महेताको नक्कली रसिद जारी गर्ने प्रकरणमा मुछिएका बिजया बैंकका अध्यक्षले आफ्नै बैंक भवनमाथिबाट हाम्फालेर आत्महत्या गरे भने अरु कयौं बैंकका अधिकारीहरुले गलत काम वापतको सजाय भोग्नु पर्यो । त्यतिखेर भारतीय बैंकहरुमा कम्प्युटर प्रणालीको प्रयोग नहुनुले यस्तो बदमासी गर्न सहयोग पुगेको आँकलन गरिएको थियो ।

 

मेहता मरे, रकम डुब्यो 

 

सन् १९९२ मा मेहता बिरुद्द ७२ वटा अपराधिक मुद्दा लगाई पक्राउ गरियो र उनलाई शेयर बजारमा कारोबार गर्न प्रतिबन्ध लगाई अनुसन्धान सुरु गरियो । उनीसँग विभिन्न ९० कम्पनीको अठ्ठाइस लाख कित्ता शेयर रहेको कुरा भारतीय केन्द्रीय अनुसन्धान ब्यृुरो(सीबीआई)ले पत्ता लगायो । उनको शेयरको त्यस बेलाको मूल्य तीन करोड ९० लाख अमेरिकी डलर अर्थात भारतीय रुपैयाँ दुई अर्ब ५० करोड थियो । सन् १९९९ मा बम्बे उच्च अदालतले उनलाई पाँच बर्ष जेलका साथै २५ हजार रुपैयाँ जरिवानासहितको सजाय तोक्यो ।

थाने जेलमा सजाय काटिरहेको बेला सन् २००१ डिसेम्बर ३१ को बिहान उनलाई छाती दुखे पछि स्थानीय सिभिल अस्पतालमा भर्ना गरिएकोमा सोही दिन उनको ४७ बर्षको उमेरमा मृत्यु भयो । मर्ने बेलासम्म पनि उनीमाथि लागेको २८ वटा मुद्दाको फैसला हुन बांकी मात्रै थिएन, एसीसी सिमेन्ट कम्पनीको दश प्रतिशत शेयरका धनी उनी अझै थिए । तर, मेहता मरे पनि भारतीय बैंकहरुको त्यो बेला डुबेको रकम भने अझै उठेको छैन ।

 

यो पनि पढ्नुहोस 

किन फेर्न खोज्यो एच एण्ड बी बिकास बैंकले नाम र लोगो ?

कसरी हुँदैछ एच एण्ड बी बिकास बैंकमा सुधार ?




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।