सातामा नेप्से करिब स्थिर, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jan 17, 2026 06:05 AM Merolagani



यस साता नेप्से परिसूचक करिब स्थिर रहेको छ। गत साता २६४०.५४ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.०३ प्रतिशत अर्थात ०.८९ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको छ।

यस साता ३ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो।

 

यस साता सेन्सेटिभ इण्डेक्स १.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक घटेको छ।

नेप्से करिब स्थिर रहेपनि यस साता कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ७४ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब ५५ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १४.२५ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ९.२७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३.५४ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब स्थिर नै रहेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १.७० प्रतिशत बढेको छ। गत साता २३८२.६५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४०.६१ अंक बढेर २४२३.२६ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो।

यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ०.९२ प्रतिशत घटेको छ। गत साता ४९३३.६३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४५.४५ अंक घटेर ४८८८.१८ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ।

यस साता थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १९.६८ प्रतिशत बढेको छ। गत साता ७५२ रुपैयाँमा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर यस साता ९०० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता सुपर मादी हाइड्रोपावरको शेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने सिटिजन म्युचुअल फण्ड २ को शेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ। यस साता विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.१४ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ६ प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, मध्य भोटेकोशी जलविद्युत कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, सम्पदा लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।