रामेछाप बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, उद्धार कार्य जारी

Feb 10, 2026 12:40 PM merolagani



रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–५ मसानटारमा आज बिहान भएको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुई पुरुष र चार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन् । डुंगामार्फत उद्धारकार्य जारी छ ।

०३०१–०००५ख–९९७५ नम्बरको बस काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै थियो । तीनवटै सुरक्षा निकाय उद्धारमा जुटेका छन् ।