यस अघि पाकिस्तान सरकारले भारतसँगको पहिलो खेल बहिष्कार गर्ने निर्णय गरेपछि विश्वकै खेल जगतमा हल्लीखल्ली मच्चिएको थियो ।
भारत र पाकिस्तानबीचको क्रिकेट खेलप्रति सधैँ उच्च आकर्षण र चासो हुने गरेको पाइन्छ । आइतबार हुने खेलबाट अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई करिब २५ करोड अमेरिकी डलर आम्दानी हुने अनुमान गरिएको छ । उक्त खेल रद्ध भएमा आईसीसीले त्यो आम्दानी गुमाउने, विज्ञापनदेखि होटल व्यवसायसम्म प्रभावित हुने भएकोले उक्त प्रतियोगिता जसरी पनि गर्न सरोकारवालाहरुले दबाब दिँदै आएका थिए । त्यहीअनुसार पहिले बहिस्कारको घोषणा गरेको पाकिस्तानले अन्ततः भारत विरुद्ध खेल्न सहमति जनाएको छ । योसँगै बंगलादेशले पनि राहत पाएको छ ।
भारतसँगको विवादको कारण भारत गएर नखेल्ने अडान लिँदै अहिलेको विश्वकप बंगलादेशले बहिस्कार गरेको छ । र, उस्को ठाउँमा आईसीसीले स्कटल्याण्डलाई प्रतियोगितामा सहभागी गराइरहेको छ । विश्वकप बहिस्कार गरेको बंगलादेशलाई आईसीसीले थप कारवाही गर्ने चेतावनी दिइरहेकै बेला पाकिस्तानको दबाबले गर्दा अब बंगलादेशमाथि कुनै कारवाही नहुने भएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले मित्र राष्ट्रहरूको अनुरोधमा उक्त निर्णय लिइएको पाकिस्तानी क्रिकेट टोलीलाई फेब्रुअरी १५ मा भारतविरुद्धको टी२० क्रिकेट खेल्न अनुमति दिएको बताए । पाकिस्तान सरकारले जारी गरेको विज्ञप्तिमा बाङ्ग्लादेश क्रिकेट बोर्डले पीसीबीलाई गरेको औपचारिक अनुरोधका साथै श्रीलङ्का, युएई र अन्य सदस्य देशहरूबाट प्राप्त सन्देशहरूका आधारमा भारतसँग खेल्ने निर्णय लिइएको उल्लेख छ।
सो विज्ञप्तिका अनुसार प्रधानमन्त्री शरीफले सोमवार साँझ श्रीलङ्काका राष्ट्रपति अनुर कुमार दिशानायकसँग फोनमा कुरा गरेका थिए।
सो फोन वार्ताका क्रममा उनले पाकिस्तान र श्रीलङ्का सधैँ काँधमा काँध मिलाएर उभिएको, खासगरी कठिन समयमा भनेर आत्मसाथ गरेका थिए।
त्यसमा थप भनिएको छ-श्रीलङ्काका राष्ट्रपतिले प्रधानमन्त्रीलाई वर्तमान गतिरोधलाई सौहार्दपूर्ण रूपमा समाधान गर्न गम्भीरतापूर्वक विचार गर्न अनुरोध गरे।