आम्दानी घटेपछि एनआरएन इन्फ्रास्ट्रक्चर नोक्सानीमा

Feb 11, 2026 09:02 AM Merolagani



एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा पुगेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनी ५२ लाख ९३ हजार नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ५ करोड ३७ लाख रुपैयाँ नाफामा थियो।

लगानी बिक्रीमा घाटा भएसँगै कम्पनी नोक्सानीमा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको लगानी बिक्रीको नाफा १ करोड ८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी १४.०७ प्रतिशत घटेको छ भने कुल आम्दानी ८५.३२ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च ९७.२२ प्रतिशत बढेको छ।।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ रुपैयँ ३७ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५९ पैसा ऋणात्मक भएको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ४९ पैसा रहेको छ।

१ अर्ब ७९ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ९६ करोड ६५ लाख रुपैयाँ रहेको छ।