चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.२४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १.१० प्रतिशत घटेको छ भने कुल नाफा ८.८२ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा २७.६१ प्रतिशत र वित्तीय खर्च ३२.४२ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ ६६ पैसा घटेर १४ रुपैयाँ ४७ पैसामा सीमित भएको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४९० रुपैयाँ ५४ पैसा रहेको छ।
१ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ७ अर्ब ४२ करोड २ लाख रुपैयाँ छ।
