नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुनको मूल्य तीन लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला पाँच हजार २ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला पाँच हजार २ सय २० रुपैयाँमा खरिद बिक्री भएको थियो ।