पीपीए पुनरावलोकनको अन्तिम तयारीमा सरकार, विवादित विषय सल्टिएला ?

May 10, 2026 01:36 PM Merolagani



सरकारले विद्युत् खरिद बिक्री सम्झौता(पीपीए)को व्यवस्थामा पुनरावलोकन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पीपीए पुनरावलोकनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको हो ।

 

लामो समय पीपीएमा भएको अवरोध हटाउने गरी पुनरावलोकन गर्ने तयारी सरकारले गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पनि पीपीए पुनरावलोकनको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।

सरकारले गरेको वाचाअनुसार पीपीए पुनरावलोकनको प्रक्रिया अघि बढेको मन्त्री श्रेष्ठले बताए । ‘हामी पीपीए पुनरावलोकनको प्रक्रियामा छौं । विगतमा देखिएको विवाद हटाउँदै पीपीए पुनरावलोकन हुन्छ । हामी त्यसको अन्तिम तयारीमा छौं,’ मन्त्री श्रेष्ठले बताए ।

यसअघिको सरकारले बजेटमा ‘टेक एण्ड पे’ मा पीपीए गर्ने व्यवस्था लागू गर्ने घोषणा गरेको थियो । तर, आम ऊर्जा व्यवसायी र सर्वसाधारणको आलोचनासँगै पीपीए व्यवस्था सच्याउने भनिए पनि अहिलेसम्म कुनै पनि जलविद्यूत् आयोजनाको पीपीए अनुमति स्वीकृत भएको छैन् ।

विगतको विवाद र पीपीए खुला गर्ने गरी सरकारले पुनरावलोकन गर्न लागेको हो ।

 




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।