चालु आर्थिक वर्षको १० महिनामा सरकारले खर्चियो साढे ११ खर्ब

May 10, 2026 12:51 PM Merolagani



चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । सरकारी खर्च आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि लागि ल्याइएको १९ खर्ब ६४ अर्ब बजेट मध्ये ५८.७५ प्रतिशत बजेट खर्च भएको हो ।

कुल बजेटमध्ये सरकारले चालु शीर्षकमा ११ खर्ब ८० अर्ब रुपैयाँ छुट्टाएको थिययो । त्यसमध्ये ८ खर्ब ९ अर्ब रुपैयाँ बजेट खर्च भएको छ । चालुतर्फ विनियोजित बजेटको ६८.०४ प्रतिशत हो ।

कार्यालयकाअनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी चालुतर्फको शीर्षकमा बजेट खर्च भएको छ । चालु खर्च भनेको सरकारको दैनिक सञ्चालन र नियमित कार्यहरू का लागि गरिने खर्च हो ।

सरकारले चालु आर्थिक वर्षमा पुँजीगततर्फ ४ खर्ब ७ अर्ब बजेट विनियोजन गरेको थयो । त्यसमध्ये १ खर्ब ९ अर्ब रुपैँया अर्थत् २६.८७ प्रतिशत खर्च भएको कार्यालयले जानकारी दिएको छ ।

पुँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन । दीर्घकालीन पूर्वाधार निर्माणमा भएको खर्चलाई पुँजीगत खर्चअन्तर्गत समावेश गरिन्छ । मध्यपूर्वको तनावले निर्माण व्यवसायीले बिटुमीन इन्धनको अभाव झेलिरहँदा पुँजीगत खर्चमा त्यसको असर देखिएको बताइएको छ ।

वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब रुपैँया बजेट छुट्टाएको सरकारले २ खर्ब ४० अर्ब अर्थात ६४.१६ प्रतिशत खर्च गरेको छ । यो शीर्षकको बजेटले सरकारले पहिले लिएका ऋणको सावाँ र ब्याज तिर्ने गरेको छ ।

सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेकेमा ९ खर्ब ७० अर्ब संकलन गरेको छ ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।