कम्युनिष्ट आन्दोलनलाई सखाप पार्न देशी/विदेशी प्रतिक्रियावादीहरु निकै ठूलो डिजाइनमा लागेका छन्ः दाहाल

May 10, 2026 03:24 PM Merolagani



नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु ठूलो डिजाइन अन्तर्गत लागि परेको बताएका छन् । 

२६ औं निर्मल लामा स्मृति दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित  एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताएका हुन् । संयोजक दाहालले सो तथ्यलाई स्वीकार गरेर अघि बढने आँट नेपालको कम्युनिष्ट आन्दोलनले नगरे श्रमजीवि जनताप्रति ठूलो घात गरेको ठहर्ने पनि बताए । उनले नेपालका कम्युनिष्ट पार्टीहरुले आफै भित्र पहिला  समिक्षा गरेर सच्याउने र सिगै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरी नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको दाबी समेत गरे । 

उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु निकै ठूलो डिजाईन अन्तर्गत लागि परेका छन् । यो सत्यलाई स्विकार गर्न हामीले आँट गरेनाँै भने जानेर वा नजानेर हामीले श्रमजीवि वर्गप्रति, उनीहरुको आकांक्षाप्रति घात गरेको नै ठहर्छ भन्ने मलाई लागेको छ । त्यसकारण अहिले समय र परिस्थितिको माग छ–हामीेले पहिले आफैलाई राम्रो समीक्षा गरेर कहाँ कमजोरी भयो ? त्यसको समिक्षा गरेर सच्याउने प्रयास गर्नु र सिंगै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरि एकचोटी नयाँ ढंगले आन्दोलन अघि बढाउनु जरुरी छ ।’

संयोजक दाहालले नेपाली जनताले सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध भएर अघि बढेको हेर्न चाहेको पनि बताए।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।