सबै स्थानीय तहमा १२ महिनै चल्ने गरी सडक पुर्याइने

May 11, 2026 05:04 PM Merolagani



सरकारले सबै स्थानीय तहमा १२ महिना चल्ने सडक पूर्वाधार निर्माण गर्ने जनाएको छ ।

सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।


उनले १२ महिना नै चल्ने र अवरोध नहुने गरी सरकारले काम गर्ने बताए ।