शेयर बजार चार दिन बन्द, अब साेमबार मात्रै खुल्ने

May 27, 2026 03:14 PM Merolagani



शेयर बजार अब लगातार चार दिन बन्द हुने भएकाे छ । भाेलि र पर्सी सरकारी बिदा त्यसपछिका दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले चार दिन शेयर बजार बन्द हुने भएकाे हाे ।

भाेलि जेठ १४ मा इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा छ । त्यस्तै, जेठ १६ गते शनिबार र जेठ १७ गते पनि आइतबार बिदा हुने हुँदा यो महिना लगातार चार दिन बिदा हुने भएको हो ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।