शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।
बढ्दो महँगी र कर्मचारीको जीवनयापन खर्चलाई ध्यानमा राख्दै तलब वृद्धि गरिएको सरकारले जनाएको छ । नयाँ व्यवस्था आगामी आर्थिक वर्षदेखि लागू हुने बताइएको छ ।
यसबाट हाल खाइपाइ आएको पारिश्रममा करिब २१ प्रतिशत वृद्धि भई ग्रेडसहित न्युनतम तलब करिब ४० हजारदेखि रु १ लाखमाथि कायम हुने अर्थमन्त्रीले बताए ।
सरकारको यो निर्णयपछि निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायत सरकारी सेवामा कार्यरत लाखौं कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।