इन्जुरी समयमा मार्टिनेलीको नाटकीय गोल, जापानलाई हराउँदै ब्राजिल अन्तिम १६ मा

Jun 30, 2026 02:25 AM Merolagani



फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत आज भएको रोमाञ्चक महाभिडन्तमा पाँच पटकको च्याम्पियन ब्राजिलले जापानमाथि २–१ को उत्कृष्ट पुनरागमन जित हासिल गरेको छ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको उक्त खेलको इन्जुरी समयमा सब्सिच्युट खेलाडी गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई अघिल्लो चरण पुर्‍याएका हुन्। पहिलो हाफमा १–० ले पछि परेको ब्राजिलले दोस्रो हाफमा सानदार कमब्याक गर्दै अन्तिम १६ को टिकट पक्का गर्‍यो। सन् १९३८ पछि ब्राजिलले विश्वकपको नकआउट चरणमा पहिलो हाफमा पछि परेर पनि खेल जितेको यो पहिलो पटक हो।

खेलको सुरुआतदेखि नै ब्राजिलले ६८ प्रतिशत बल पोजेसन राख्दै जापानमाथि दबाब बनाएको थियो। तर, काउन्टर अट्याकमा सिपालु जापानले पहिलो गोल गरेर सबैलाई स्तब्ध पारिदियो। खेलको २९औँ मिनेटमा जापानका मिडफिल्डर काइसु सानोले मिडफिल्डमा ब्राजिलको पास खोस्दै एक्लै बल अगाडि बढाए र बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै जापानलाई १–० को अप्रत्याशित अग्रता दिलाए।

दोस्रो हाफमा ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले लुकास पाक्वेटाको स्थानमा युवा फरवार्ड एन्ड्रिकलाई मैदान प्रवेश गराउँदै आक्रामक रणनीति अपनाए। खेलको ५६औँ मिनेटमा डिफेन्डर गाब्रिएल मागाल्हासको पासमा अनुभवी मिडफिल्डर कासिमिरोले उत्कृष्ट हेड गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। बराबरी गोल लगत्तै ५८औँ मिनेटमा विङ्गर भिनिसियस जुनियरले जापानी डिफेन्डरहरूलाई छक्याउँदै प्रहार गरेको शक्तिशाली सट जापानका गोलकिपर जायन सुजुकीको हातमा लाग्दै गोलपोस्टमा ठोक्किएर बाहिरियो। खेलभर सुजुकीले ४ वटा उत्कृष्ट बचाउ गर्दै जापानको संकट टारेका थिए।

खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिइरहेका बेला, इन्जुरी समयको छौटौँ मिनेटमा ब्रुनो गुइमारेसको मिलाइदिएको उत्कृष्ट पासमा गाब्रिएल मार्टिनेलीले प्रहार गरेको सट दायाँ पोस्टमा लाग्दै जाली चुम्न पुग्यो। यो गोलसँगै ब्राजिलियन टोली र समर्थकहरूमा खुसीयालीको ठेगान रहेन।

तर, यो हारसँगै जापानको विश्वकप इतिहासमै पहिलो पटक नकआउट खेल जित्ने सपना फेरि एकपटक अधुरै रहन पुग्यो। नाटकीय जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको ब्राजिलले अब क्वार्टरफाइनल प्रवेशका लागि आगामी जुलाई ५ मा न्युयोर्क न्युजर्सी स्टेडियममा प्रतिस्पर्धा गर्नेछ। ब्राजिलले अन्तिम १६ मा नर्वे र आइभोरी कोस्टबीच हुने खेलको विजेतासँग सामना गर्नुपर्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।