इस्टाकियोको सनसनीपूर्ण गोल, दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा पहिलो पटक अन्तिम १६ मा

Jun 29, 2026 05:12 AM Merolagani



फिफा विश्वकप २०२६ को इतिहासमै पहिलो पटक आयोजना गरिएको नकआउट चरण अर्थात् ‘राउन्ड अफ ३२’ को उद्घाटन खेलमा सह(आयोजक क्यानडाले ऐतिहासिक जित हासिल गरेको छ।

अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको निकै रोमान्चक र तनावपूर्ण खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै पहिलो पटक विश्वकपको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। क्यानडाको यो ऐतिहासिक जितमा स्थानीय क्लब लस एन्जलस एफसीबाटै व्यावसायिक फुटबल खेल्ने मिडफिल्डर स्टिफन इस्टाकियो नायक बने।

खेलको सुरुआतदेखि नै क्यानडाले बलमाथि नियन्त्रण राख्दै दक्षिण अफ्रिकाको रक्षापंक्ति माथि लगातार आक्रमण बुनेको थियो। यद्यपि, दक्षिण अफ्रिकाका खेलाडीहरूले बलियो ‘पहेँलो पर्खाल’ खडा गर्दै क्यानडेली स्ट्राइकरहरूलाई ९० मिनेटसम्म रोकेर राखे।

खेलको ४४औँ मिनेटमा क्यानडाका मोइसेस बम्बिटोको प्रहारलाई दक्षिण अफ्रिकी डिफेन्डर ओब्रे मोडिबाले गोललाइनबाट क्लियर गर्दै टिमको संकट टारेका थिए। लगत्तै ताजोन बुकानानको प्रहारलाई दक्षिण अफ्रिकाका उत्कृष्ट गोलकिपर रोनवेन विलियम्सले बचाए। ह्यामस्ट्रिङ चोटका कारण समूह चरणका खेलहरू गुमाएका क्यानडाका स्टार खेलाडी अल्फान्सो डेभिस ७५औँ मिनेटमा मैदान प्रवेश गरेपछि खेलको गति पूर्ण रूपमा परिवर्तन भयो। उनको गति र क्रसहरूले दक्षिण अफ्रिकी डिफेन्सलाई छिन्नभिन्न पारिदियो।

खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिइरहेका बेला, इन्जुरी समयको दोस्रो मिनेटमा एलिस्टर जोन्स्टनको लामो क्रसलाई दक्षिण अफ्रिकी डिफेन्डरले क्लियर गर्ने प्रयास गरे। तर, डि बक्सको ठीक बाहिर आएको उक्त बललाई स्टिफन इस्टाकियोले चेस्ट–डाउन गर्दै फस्ट–टाइम सानदार र शक्तिशाली भली प्रहार गरे, जसले सिधै विलियम्सको नेटको तल्लो कुना चुम्यो। यो गोलसँगै पूरा सोफाइ स्टेडियम क्यानडेली समर्थकहरूको खुसीयालीले गुञ्जायमान भयो र खेल क्यानडाले १–० ले आफ्नो पक्षमा पार्यो।

ऐतिहासिक जित निकाल्दै अन्तिम १६ मा पुगेको क्यानडाले अब आगामी जुलाई ४ मा ह्युस्टनमा प्रतिस्पर्धा गर्नेछ। क्यानडाले क्वार्टरफाइनल प्रवेशका लागि भोली हुने मोरक्को र नेदरल्याण्ड्स बीचको खेलको विजेतासँग सामना गर्नुपर्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।