पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पराग्वे ऐतिहासिक जित निकाल्दै अन्तिम १६ मा

Jun 30, 2026 06:00 AM Merolagani



फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत आज भएको खेलमा एक अप्रत्याशित र ऐतिहासिक नतिजा निस्किएको छ। विश्वकप इतिहासकै सबैभन्दा ठूलो उलटफेर मध्ये एक गर्दै पराग्वेले बलियो दाबेदार जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले स्तब्ध पारेको छ।

बोस्टन स्टेडियममा भएको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।

विश्वकपको इतिहासमा जर्मनी पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो पटक हो। ४१औँ स्थानमा रहेको पराग्वेले १०औँ स्थानको जर्मनीलाई घर फर्काउँदै सन् २०१० पछि पहिलो पटक विश्वकपको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। खेलको सुरुआतदेखि नै जर्मनीले बलमाथि नियन्त्रण राख्दै आक्रमण बुनेको थियो, तर पराग्वेको अनुशासित रक्षापङ्क्ति र उत्कृष्ट काउन्टर अट्याकले जर्मनीलाई बाँधिराख्यो। पहिलो हाफ सकिनै लाग्दा पराग्वेले सबैलाई आश्चर्यमा पार्दै अग्रता लियो। ४२औँ मिनेटमा मगुएल अल्मिरोनको उत्कृष्ट मुभपछि माटियास गालार्जाले दिएको क्रसलाई जुलियो एन्सिसाले हेडिङमार्फत सानदार गोल गर्दै पराग्वेलाई १–० को अग्रता दिलाए।

दोस्रो हाफमा आक्रामक रूपमा प्रस्तुत भएको जर्मनीले खेललाई बराबरीमा ल्यायो। ५४औँ मिनेटमा फ्लोरियन विर्टजको सटिक क्रसमा आर्सनलका फरवार्ड काई हाभर्टजले प्रहार गरेको बलियो हेडले जाली चुम्यो। अतिरिक्त समयमा जर्मनीका जोनाथन टाहले गरेको गोललाई भीएआरको सहयोगमा रेफ्रीले खारेज गरिदिएका थिए। पराग्वेका गोलकिपर ओर्लान्डो गिलमाथि फल भएको भन्दै सो गोललाई मान्यता दिइएन, जसले गर्दा खेल पेनाल्टीतर्फ धकेलियो।

पेनाल्टी सुटआउट निकै तनावपूर्ण र नाटकीय रह्यो। जर्मनीका तर्फबाट पहिलो पेनाल्टी प्रहार गर्न आएका गोलकर्ता काई हाभर्टजको प्रहारलाई पराग्वेका गोलकिपर ओर्लान्डो गिलले उत्कृष्ट बचाउ गरे। त्यसपछि निक वोटमेडेको प्रहार पनि गिलले रोकेपछि जर्मनी संकटमा परेको थियो। तर, पराग्वेका एन्टोनियो सानाब्रिया र फाबियन बाल्बुएनाले पेनाल्टी मिस गरेपछि सुटआउट ‘सडन डेथ’ सम्म पुग्यो। सडन डेथमा जर्मनीका जोनाथन टाहको प्रहार क्रसबार भन्दा माथिबाट बाहिरियो। लगत्तै पराग्वेका जोसे कानालेले कुनै गल्ती नगरी गोल गर्दै पराग्वेलाई ४–३ को ऐतिहासिक जित दिलाए।

यो ऐतिहासिक जितसँगै पराग्वे आगामी अन्तिम १६ को खेलका लागि छनोट भएको छ। अब पराग्वेले क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्स र स्वीडेनबीच हुने खेलको विजेतासँग आगामी जुलाई ४ मा फिलाडेल्फिया स्टेडियममा प्रतिस्पर्धा गर्नेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।