जानाजान ऋण नतिर्ने र परिस्थितिले तिर्न नसक्ने बीच वर्गीकरण गर्नुपर्छ: सीईओ ज्ञवाली

Jul 05, 2026 01:01 PM Merolagani



नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले जानाजान ऋण नतिर्ने र परिस्थितिले तिर्न नसक्नेबीच वर्गीकरण गर्नुपर्ने बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्नै उनले यस्तो बताएका हुन् ।

अहिले भइरहेको यस समस्यालाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उनले बताए ।

 

‘अहिले भइरहेको विभिन्न कारणले बैंकहरु घाटामा जाने स्थिति छ । बैंकहरु घाटामा जानु भनेको राज्य पनि अफ्ठेरोमा पर्नु हो’, ज्ञवालीले भने, ‘अहिले अधिकांश कन्ट्रयाक्टर व्यवसायी समस्यामा रहेका छन् ।

ठेक्का रोक्का गरेर अगाडि बढ्दा बैंकिङ क्षेत्रमा ५ खर्ब हाराहारी यस क्षेत्रको ऋण रहेको छ । त्यसले गर्दा एनपीएफ ठूलो मात्रामा बढेर जाँदा बैंकमा समस्या पर्ने उनले बताए ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।