शिक्षा र स्वास्थ्यको कर हट्यो, 'अब बिजुलीको कर कहिले हट्छ प्रधानमन्त्रीज्यू' ?

Jul 22, 2026 05:58 AM Merolagani



सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत उक्त कर हटाउने निर्णय बताएका छन् ।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि सरकारले सर्वसाधारणमा पर्न सक्ने थप आर्थिक भार र जनगुनासोलाई सम्बोधन गर्दै यो निर्णय लिएको बताएका छन् ।

हालै सार्वजनिक गरिएको यस करको व्यवस्थाले आम नागरिकमा निराशा छाएको र दैनिक जीवनमा थप खर्च बढ्ने देखिएकाले तत्काललाई यो कर लागू नगर्ने निष्कर्षमा सरकार पुगेको उनले बताएका छन् ।

हालका लागि समता शुल्क हटाए पनि चौतर्फी रुपमा विरोध हुँदै आएको बिजुलीको करका बारेमा भने सरकारले कुनै निर्णय गर्न सकेको छैन् । आम सर्वसाधारणलाई ५० युनिटभन्दा बढी बिजुली खपत गरेमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर(भ्याट) लगाउने व्यवस्था सरकारले बजेटमार्फत गरेको थियो ।

बजेटमार्फत बिजुलीमा कर लगाउने निर्णय गरिएसँगै आम सर्वसाधारणबाट चर्को विरोध हुँदै आएको छ । स्वास्थ्य र शिक्षाजस्तै बिजुली पनि आम मध्यवर्गीय नागरिकको लागि आधारभूत आवश्यकता नै हो ।

बिजुलीमा भ्याट लगाउँदा आम निम्न र मध्यवर्गीय उपभोक्तालाई अतिरिक्त भार पर्दै आएको छ । शिक्षा र स्वास्थ्यको कर जसरी हटाइयो, त्यसरी नै बिजुलीको भ्याट हट्नुपर्ने आम जनताको अपेक्षा छ ।

शिक्षा र स्वास्थ्यको कर हटेसँगै आम जनताले भन्न थालेका छन्, ‘बिजुलीको भ्याट कहिले हट्छ प्रधानमन्त्री ज्यू ।’




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।