अब नेपालमा २ सय र ५ सय दरका भारु नोट पनि चल्ने

Jul 23, 2026 05:50 PM Merolagani



नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी नयाँ र स्पष्ट व्यवस्था सार्वजनिक गरेको छ। 

यस नयाँ नीतिमार्फत नेपालमा भारतीय रुपैयाँ (भारु) २०० र ५०० का नोट चलाउने सुविधाको अधिकारिक सीमा तोकिएको छ भने भारतीय बाहेक अन्य विदेशी तथा नेपाली नागरिकहरूका लागि अमेरिकी डलर वा अन्य मुद्राको सटही र बोक्ने सीमा पनि कत्तिको छ भन्ने स्पष्ट पारिएको छ

राष्ट्र बैंकको यो कडाइ र खुलासासँगै पर्यटकहरूलाई यात्रामा हुने अन्योल हट्ने अपेक्षा गरिएको छ। नयाँ सूचनाअनुसार भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५,००० को सीमासम्म चलनचल्तीमा रहेका भारु २०० र ५०० दरका नोटहरू नेपालमा ल्याउन, लैजान तथा सटही गर्न सक्नेछन्। तर, सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि निष्कासित भएका भारु ५०० र १००० का पुराना नोटहरू भने पूर्ण रूपमा प्रतिबन्धित नै रहनेछन्। भारतीय बाहेक अन्य मुलुकका नागरिक तथा नेपाली नागरिकले भने प्रतिव्यक्ति अमेरिकी डलर ५,००० सम्म (वा राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन हुने अन्य विदेशी मुद्रा) कुनै पनि भन्सार घोषणाबिना नेपालमा भित्र्याउन र बाहिर लैजान पाउनेछन्। यदि यो सीमाभन्दा बढी रकम भएमा अनिवार्य रूपमा भन्सार घोषणा गरेर प्रमाणित गराउनुपर्ने हुन्छ।

यसका साथै नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारु लैजान वा अन्य देशबाट भारु नेपाल ल्याउन पूर्ण रूपमा निषेध गरिएको छ। राष्ट्र बैंकको यो स्पष्ट व्यवस्थाले नेपाल भ्रमणमा आउने भारतीय तथा अन्य विदेशी पर्यटकहरूलाई कानुनी झमेलाबाट पूर्ण रूपमा सुरक्षित राख्नेछ। भारतीय पर्यटकहरूले खुद्रा पैसाको सहजता पाउने हुँदा नेपालको पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ प्राप्त गर्नेछ भने अर्कातर्फ विदेशी विनिमय नियमन ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनको प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको वित्तीय सुशासन मजबुत बन्न पुग्नेछ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।