आरजुलाई उतै छाडेर शेरबहादुर देउवा नेपाल फर्किँदै, बाजागाजासहित स्वागत गरिँदै

Aug 13, 2026 12:13 PM Merolagani



झन्डै साढे ५ महिनापछि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किदैछन् । 

मध्याह्रन साढे १२ बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिने कार्यक्रम तय भएको छ ।

२०८२ भदौ २२ र २३ मा भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा दम्पत्ती त्यतिबेला विदेशिएका थिए । बिहीबार शेरबहादुर देउवामात्र स्वदेश फर्किने निश्चित भएको हो । आरजु राणा देउवा भने केही समय विदेशमै रहने बुझिएको छ ।

शेरबहादुर देउवा आउने भएपछि अहिले त्रिभुवन विमानस्थलमा कांग्रेस कार्यकर्ताहरुको बाक्लो उपस्थिति देखिएको छ । देउवाको स्वागतका लागि कांग्रेस इतर पक्षले विभिन्न तीन ठाउँमा स्वागत कार्यक्रम राखेको छ भने विमानस्थलमा देउवालाई बाजागाजासहित स्वागत गरिने जनाइएको छ ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।