राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को जानकारीअनुसार रसुवाको टिमुरे तथा भोटेकोशी क्षेत्रबाट जम्मा २७ जना विदेशी पर्यटकको सफल उद्धार गरिएको छ। संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र सम्बन्धित पर्यटन व्यवसायीहरूको संयुक्त प्रयासमा प्रभावित क्षेत्रमा रहेका र यात्रा गरिरहेका पर्यटकहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
बिहीबार अपरान्ह ३:३० बजेसम्म प्राप्त विवरण अनुसार उद्धार गरिएका पर्यटकहरूमा चीन, दक्षिण कोरिया, इटाली, संयुक्त राज्य अमेरिका र भारतका नागरिकहरू रहेका छन्। बाढी प्रभावित क्षेत्रमा फसेका तथा घाइते भएका पर्यटकहरूलाई सुरक्षित स्थानमा सार्ने र उद्धार गर्ने कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको छ।