कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी एक अर्ब रुपैयाँको १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस प्रक्रिया अन्तर्गत कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरका कुल एक करोड कित्ता (अर्थात् १०० करोड रुपैयाँ बराबरको) हकप्रद शेयर जारी गर्ने भएको हो ।
विद्युत नियमन आयोगको स्वीकृति प्राप्त भएसँगै कम्पनीले थप प्रक्रियाका लागि धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ। कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ र हकप्रद शेयर निष्काशनपछि यो बढेर दुई अर्ब रुपैयाँ पुग्नेछ।